मोदीले शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मोदीले शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरे

mustang welcome gate

सन्दीप शर्मा,
म्याग्दी , २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन् ।

भारतीय बायु सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरे । मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पञ्चकन्या तथा स्थानीयले संयुक्त रुपमा स्वागत गरेका थिए ।

मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदीले मन्त्रोच्चारण गर्दै गर्दा प्रधानमन्त्री मोदीले पुजा गरे । स्वागतमा विछयाइएको रातो कार्पेट र बनाइएका स्वागत द्वारलाई पार गर्दै मोदी १० मिनेट हिँडेर मन्दिरभित्र प्रवेश गरेका थिए । २० मिनेट पुजापाठपछि मोदीले मुक्तिनाथ परिसरमा रहेको १०८ धाराको अवलोकन गरे ।

उनको सम्मानमा मन्दिर परिसरमा लामाहरुले विशेष बाजा बजाएका थिए भने बटुकहरुले स्वस्तिक बाचन गरेका थिए । मन्दिर पसिरमा प्रवेश गरेलगत्तै मोदीलाई विशिष्ट कक्षमा लगिएको थियो । परिसरबाट वस्त्र परिर्वतन गरेर उनि मुक्तिनाथ मन्दिरमा मुल मण्डपमा प्रवेश गरे । मोदीलाई मुक्तिनाथमा मुल मण्डपमै पुजा आर्जनको व्यवस्था गरिएको थियो । पुजापाठपछि उहाँलाई मुक्तिनाथ विकास क्षेत्रका पदाधिकारी, सांसद्, वरागुङमुक्ति क्षेत्रका अध्यक्ष धारा गुरुङ लगायतले उपहार प्रदान गरेका थिए ।

पुजापाठपछि फर्कने क्रममा प्रवेशद्धारदेखि मन्दिर पसिरसम्म एकै लहरमा उभिएका स्थानीयले उहाँलाई उच्च सम्मान दिए । मोदीले स्थानीयसँग पटक–पटक सेल्फी र फोटा खिचाए । मोदीको भ्रमणसँगै स्थानियले मुक्तिनाथ क्षेत्रको विकास हुने अपेक्षा गरेका छन् । उनको मन्दिर प्रवेशपूर्व सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । भारतीय सुरक्षाकर्मीहरुले कसैलाई मन्दिर परिसरमा प्रवेश गर्न दिएका थिएनन् । मुक्तिनाथमा मुख्य मण्डपको तस्विर लिन मनाही भएपनि भारतीय टेलिभिजन दुरदर्शनका सञ्चारकर्मीहरुले निर्वाध रुपमा दृश्य र फोटो लिइरहेका थिए ।

नेपाली सुरक्षाकर्मी र प्रशासन पनि भारतीय सुरक्षाकर्मी सामू निरिह देखिएको थियो । उपस्थित सञ्चारकर्मीको तीव्र आक्रोशपछि भारतीय सुरक्षाकर्मीहरुले मोदीले पुजापाठ सक्नु केहि समयअघि मात्रै दृश्य कैद गर्न दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);