दार्चुलामा ३ किलो यार्सागुम्बासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दार्चुलामा ३ किलो यार्सागुम्बासहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा ३ किलोग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्याँस गाउँपालिका–३ सिनाका २४ वर्षीय ग्रेससिंह कुँवरलाई अवैध यार्सागुम्बासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार झोला बोकी हिँडिरहेका कुँवरमाथि प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको अवैध यार्सागुम्बा बरामद गरिएको हो ।

यार्सागुम्बासहित कुँवरलाई आवश्यक कारवाहीका लागि बुधवार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको प्रहरीले जनाएको छ । कुँवरसँग यार्सा संकलन पुर्जी पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस वर्ष प्रहरीले एक भारतीयसहित तीन जनालाई अवैध यार्सागुम्बासहित पक्राउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);