हिन्दुराष्ट्रको मुद्दाले एकाएक ततायो प्रशिक्षण कार्यक्रमको माहोल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

हिन्दुराष्ट्रको मुद्दाले एकाएक ततायो प्रशिक्षण कार्यक्रमको माहोल

nepali congress

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसको नीति अनुसन्धान प्रशिक्षण कार्यक्रममा हिन्दुराष्ट्रको मुद्दाले एकाएक माहोल तताएको छ ।

शनिबार प्रतिष्ठानले भक्तपुरको बोडेमा आयोजना गरेको कृषि विकास बैकको तालिम केन्द्रको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा हिन्दुराष्ट्र पक्षधर महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुले एक स्वरमा हिन्दुराष्ट्रको पक्षमा वकालत गर्न थालेका हुन् ।

प्रत्युत्तरमा काँग्रस उपसभापति विमलेनद्र निधिले कांग्रेस सबैको हो भन्दै के अब हिन्दु कांग्रेस बनाउने हो त भन्न समेत भ्याएको सहभागी कांग्रेस नेताहरुले बताएका छन् । दुई दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा प्रदेश ३ का सात जिल्लाका करिब तीन सय महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको थियो ।

ताजा समाचार