किन आए भारतका विवादास्पद हिन्दु राष्ट्रको अभियन्ता पत्रकार सुरेश चावणंके | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

किन आए भारतका विवादास्पद हिन्दु राष्ट्रको अभियन्ता पत्रकार सुरेश चावणंके

माउण्टेन टेलिभिजन।  भारतका सर्वाधिक विवादास्पद पत्रकार सुरेश चावणंके नेपाल आएर फर्किएका छन् । हिन्दु राष्ट्रको मुद्दा बोकेर भारतभर सञ्चारमाध्यममार्फत् सक्रिय हुँदै आएको चावणंकेले नेपालमा पनि हिन्दु राष्ट्रको अभियानमा जोड दिदै कार्यक्रमहरुमा सरिक भए ।भारतको सत्तारुढ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक निकट मानिने चावणंके सुदर्शन च्यानलका संचालक तथा प्रधानसम्पादक पनि हुन् । उनले हिन्दु राष्ट्र अभियानद्वारा आयोजित कार्यक्रममा पनि भाग लिए ।शुक्रबार होटल महादेवमा आयोजित कार्यक्रममा चावणंकेले विश्वभरका हिन्दूहरु एक हुनुपर्नेमा जोड दिए । उनले हिन्दुत्वमा विश्वास राख्ने पत्रकारहरुबीच पनि समन्वय र एकतामा जोड दिए ।

आफू जहाँ हिन्दूको मुद्दा कमजोर देखिन्छ त्यही पुग्ने गरेको बताए । हिन्दुराष्ट्रको मुद्दा कहिले नरोकिने र लक्ष्य प्राप्ति भएरै छाड्ने बताए ।पत्रकार चावणंकेमाथि सयौं उजूरी र मुद्दाहरु दायर छन् । उनले नै लभ जिहादलगायत विभिन्न शब्दहरु चर्चामा ल्याए । हिन्दुबाहेकका धर्मालम्बीप्रति अनुदार रहने गरेको र धामिंक हिंसा फैलाउन खोजेको आरोप चावणंकेमाथि लाग्दै आएको छ ।नेपालमा उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । नेपालमा हिन्दुराष्ट्रको मुद्दाले बढावा पाइरहँदा उनको भ्रमण भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);