प्रचण्डको सत्ता मोह (भिडियो रिपोर्टसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्डको सत्ता मोह (भिडियो रिपोर्टसहित)

बटुक राज गिरि , माउण्टेन टेलिभिजन। यसपटकको चुनावमा गठबन्धन गरेर राम्रै परिणाम हात पर्ला र आगामी सरकारको नेतृत्वको लागि ठुलै शक्ति बनिएला भन्ने आशा सत्ता गठबन्धनका प्रमुख दल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई थियो । तर परिणाम सोचे जस्तो आएन फलत दुवै पार्टीको सोचेअनुरुप परिणाम नआउँदा सरकार गठनमा बलियो दाबेदारीका लागि माओवादीले नेकपा एकीकृतसँग एकताको प्रस्ताव अघि बढाएको छ।

नेकपा एमाले फुटाएर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी दर्ता गराउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले ढिलो चाँडो माओवादीको शरणमा पुग्ने भविष्यवाणी गरेका थिए । आक्रोश पोख्दै ओलीले एमाले फुटाएर प्रचण्डको कार्यकर्ता बन्न माधव नेपालहरु पार्टी छाडेर हिंडेको आरोप समेत लगाएका थिए । अहिले ओलीको आरोपलाई बल पुग्ने गरी माधव नेपाल प्रचण्डसँग पार्टी एकताको विकल्पसहित बढ्न खोजिरहेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणामहरु अन्तिम चरणमा पुग्दा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी एकता समिति नै बनाएर पार्टी एक बनाउन सक्रिय भएका छन् । नेकपा एस गठन भएदेखि नै एक्लै हिँड्ने आँट गर्न नसकेका नेता नेपालले गठबन्धनबाट भरपूर फाइदा गरे । गठबन्धनमा भएकैले सम्मानजनक स्थानमा नेकपा एसले जीत हासिल गरेको छ। राष्ट्रिय पार्टी बन्न मत पु¥याउन संघर्षरत छ।

माधव नेपाल मात्र नभई प्रचण्डले पनि चुनावमा अपेक्षित सफलता हासिल गर्न सकेनन् । प्रचण्डले २०७४ मा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जितेकोभन्दा आधाभन्दा कम सिटमा पार्टीलाई जिताउन सके। यसकारण पनि प्रचण्डले माधव नेपालसँगको पार्टी एकता प्रस्तावलाई विकल्पका रुपमा अघि सारेका हुन । माओवादी केन्द्रले एकताको प्रस्ताव राखेको खुलाएपनि कुनै निर्णयमा नपुगेको एकिकृत समाजवादीको तर्क छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनसंगै गएर आफ्नो पार्टी र माधव नेपाल नेतृत्वको पार्टीलाई बढी भन्दा बढी सिट जिताएर प्रधानमन्त्री बन्ने दाउमा थिए । तर चुनावी परिणामले धक्का खाएका छन् । माओवादी केन्द्रले १७ सिट र एकिकृत समाजवादीले १० सिटमा मात्रै सिमित हुनु परेको छ। गठबन्धनको प्रचुर फाइदा लिएको नेपाली काग्रेसको नेतृत्वमै सरकार गठन हुने सम्भावना बढ्दै गएपछि माओवादी केन्द्रले आफ्नो हैसियत बढाउन समाजवादीलाई पार्टी एकताको कार्ड फ्याँकेको देखिन्छ।

सरकार गठनको निर्णायक शक्ति बन्ने प्रचण्डको चाहना पुरा हुन सकेन त्यसैले एकिकृत समाजवादीसंग पार्टी एकता गरेर सरकार निर्माणको साँचो आफ्नो हातमा राख्ने दाउमा छन् । पार्टी एकता गरेरै सरकारको नेतृत्वको शक्ति कांग्रेसबाट आफ्नो पक्षमा पार्ने प्रचण्डको रणनीतिले कत्तिको सार्थकता पाउला ? चासो बनेको छ । तर, प्रचण्ड र माधवकुमार नेपालको पार्टी एकताको प्रमुख उद्देश्य प्रधानमन्त्रीको कुर्सी नै हो भन्ने देखिन्छ । त्यो कुर्सीमा को पुग्ने हो भन्नेले पनि प्रचण्ड र माधव नेपालको भावी राजनीतिक गठबन्धनको दिशा तय गर्नसक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);