पाँच दलीय गठबन्धन टुट्ने खतरा : मसालका महामन्त्री सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाँच दलीय गठबन्धन टुट्ने खतरा : मसालका महामन्त्री सिंह

अर्घाखाँची। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताएका छन् । ‘एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने, ‘अर्कोतिर नेपाली काँग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।’ गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए। ‘बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने । यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाई छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् ।

‘हिन्दु राज्यको बाटोमा एमाले हिँडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ सिंहले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);