औचित्यपुर्ण करको व्यवस्था गर्न सांसद त्रिपाठीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

औचित्यपुर्ण करको व्यवस्था गर्न सांसद त्रिपाठीको माग

hridayesh tripati

काठमाडौं, २२ भदौ । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले न्यायोचित रुपमा कर निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले प्रतिव्यक्ति आयको अनुपातमा नेपाल करको दर धेरै पर्ने भन्दै उहाँले औचित्यपुर्ण करको व्यवस्था गर्न माग गर्नुभएको हो ।

जनताबाट संकलित राजश्व विकास खर्चमा नलगाएर साधरण खर्चमा प्रयोग गर्दा सरकारको लोकप्रियता संगै करको औचित्यमाथि पनि प्रश्न उठ्ने गरेको भन्दै उहाँले संकलित कर विकास खर्चमा प्रयोग गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । सिमा क्षेत्रमा भारतबाट आउने गाडीलाई दिदै आएको सुविधा कटौति गर्ने काम गरिएकोमा पनि उहाँले आपत्ती जनाउनुभयो ।

यस्तै सांसद भिमसेनदास प्रधानले पशुपतिनाथको आरती कार्यक्रम भन्दा अगाडि नेपालको राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था समग्र धर्म, परम्परा तथा संस्कृति विरुद्ध भएको भन्दै निर्णय पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पशुपति आर्यघाटमा आरती मात्रै नभई दाहसंस्कार गर्ने मलामी तथा किरीयापुत्रीहरु पनि हुने भएकाले दुखको समयमा रहेका र दाहसंस्कारमा रहेकाहरुले राष्ट्रिय गान बज्दा सम्मानार्थ उभिन नसक्ने भन्दै उहाँले सरकारको निर्णयले राष्ट्रिय गानकै अनादर गरेको टिप्पणी गर्नुभयो ।

सरकारका पछिल्ला निर्णयले पञ्चायतको पुनरावृत्ती जस्तो देखिएको भन्दै उहाँले जहाँ पायो त्यहाँ राष्ट्रिय गान बजाएर राष्ट्रिय गान प्रति सम्मान भन्दा अपमान हुने र गरिमा घटाउने काम हुने भन्दै त्यस तर्फ सरकारलाई सचेत गराउनुभयो ।

केही दिन अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिको आरती अगाडि राष्ट्रिय गान बजाउनुपर्ने भन्दै सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको थियो ।