मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सत्यमोहनकाे सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सत्यमोहनकाे सुझाव

काठमाडाैं, १३ चैत । संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् । उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले कसरी सफल गराउँछन् त्यो कुरा आफूले नियाली रहेको बताए ।

बुधबार काठमाडौंमा साहित्यकार पुष्पलता आचार्यद्धारा लिखित पुस्तक ‘किताव यात्रा’को बिमोचन गर्दै उनले मन्त्रीहरुले सपथ गरे अनुसार काम गरेको भए मुलुक धेरै पहिले नै समृद्ध भईसकेको हुने बताए ।

संस्कृतिविद् जोशीले सबै नेपाली विदेशिने क्रमले तीव्रता पाएकाले मुलुकमा फेरी ‘हलो क्रान्ति’ गर्ने बेला आएको पनि स्मरण गरे । देशलाई समृद्ध बनाउने ‘मिसन’ हरेक नागरिकले लिनुपर्ने संस्कृतिविद् जोशीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);