बार एसोसिएसनको नयाँ नेतृत्व चयन आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बार एसोसिएसनको नयाँ नेतृत्व चयन आज

nepal-bar

काठमाडौं, १६ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ ।

आज हुने निर्वाचनमा १० हजार ३ सय १३ मतदाताले बार केन्द्रीय कार्यसमिति छान्न मतदान गर्ने छन् । देशभरमा हुने निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वा्चित गर्ने छ । बार निर्वाचन समितिका अनुसार मतदातामध्ये ६ हजार आठ सय जनाले सर्वोच्च अदालत परिसरमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् । बाँकी तीन हजार दुई सय ६३ मतदाताले विभिन्न जिल्लामा तोकिएका ३४ वटा मतदानकेन्द्रबाट मताधिकार प्रयोग गर्ने छन् ।

सत्तारुढ नेकपा निकट प्रगतिशिल, पेसागत तथा समावेशी कानुन व्यवसायी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रस निकट बृहत लोकतान्त्रिक समूहका प्यानलसहित निर्वाचनमा होमिएका छन् । प्रगतिशील प्यानलमा जनजाती तथा मधेसी फोरम निकट समूहसमेत छन् । अध्यक्षका लागि प्रगतिशीलले वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ भने लोकतान्त्रिकले अधिवक्ता सुनिलकुमार पोखरेललाई उम्मेदवार बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);