सर्वोच्च बारको निर्वाचन पुस २३ गते, अध्यक्षमा निरौला र भट्टको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सर्वोच्च बारको निर्वाचन पुस २३ गते, अध्यक्षमा निरौला र भट्टको उम्मेदवारी

काठमाडौं । सर्वोच्च बार एशोसिएशनले नयाँ कार्यसमिति चयनका लागि पुस २३ गते निर्वाचन गर्ने भएको छ । निर्वाचनबाट एशोसिएशनले ३४औं नयाँ कार्यसमिति पाउने छ ।

निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीहरुबीच समुहगत रुपमा प्रतिस्पर्धा हुने देखिएको छ । दुई समुहले आ–आफ्नो समुह प्यानलसहित मनोनयन दर्ता गराइसकेका छन् ।

उम्मेदवारहरु बृहत लोकतान्त्रिक र प्रगतिशिल, पेसागत तथा गणतान्त्रिक समुह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समुहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला र प्रगतिशिलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);