नेपाली कला र संस्कृति संकटमा : उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली कला र संस्कृति संकटमा : उपराष्ट्रपति

काठमाडौं, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्बर्द्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्बर्द्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली कला र संस्कृति संकटमा पर्दै गएको बताए ।

उनले नेपाली कला र संस्कृतिको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । उपराष्ट्रपति पुनले नेपालको चिनारीको रुपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता औंल्याए ।

५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन् । विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न सुुरु गरिएको हो । महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);