ललितपुर महानगर 'कला नगरी' घोषित | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

ललितपुर महानगर ‘कला नगरी’ घोषित

lalitpur-kala nagari

ललितपुर, २८ मंसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो ।

कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । सोही विषयको औंपचारिक जानकारी शुक्रबार गराइएको हो । कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढदै गएको उललेख गरे । संस्कृतिविद् जोशीले ललितपुर नगरीलाई अझै सम्पन्न बनाउन यहाँको कला, संस्कृतिको विकासमा अझै जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);