पप्पु कन्स्ट्रक्सनले गरेको पीच चार महिना नपुग्दै उप्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पप्पु कन्स्ट्रक्सनले गरेको पीच चार महिना नपुग्दै उप्कियो

pappuconstrution-pich ukkiyo

अनुप तिवारी
पर्सा, २८ मंसिर
। पर्साको उत्तर पश्चिम क्षेत्रको जीवन रेखाको रुपमा रहेको जनता सडक पीच भएको ४ महिना नपुग्दै उक्किन थालेको छ । सडकको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले गुणस्तर हिन काम गरिदिदा ४ महिनामै पीच उक्किएको हो ।

नेपालको चर्चित पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएका देशका अधिकाशं सडक, पुल समयमा पुरा नभएको गुनासो सर्वेत्र छ । अझ, गुणस्तर हिन काम नभएको त कयैन उदाहरणै छन् । त्यसमध्येको एक हो, पर्साको उत्तर पश्चिमी थारुवान क्षेत्रको जीवन रेखाको रुपमा रहेको जनता सडक । यो सडक पीच भएको ४ महिना पुरा भयो । तर, सरकारलाई हस्तान्तरण नहुँदै भत्किन थालेको छ ।

पर्साको थरुवट राजमार्ग र सदरमुकाम संग जोडने यो सडक खण्ड पप्पु कन्स्ट्रक्सनले १५ करोड ८२ लाखको लागतमा निर्माण गरेको हो । यो सडक जुन, २०१७ मा सम्पन भईसक्नु पर्ने थियो । तर, अहिले सम्म ८७ प्रतिशत मात्र काम सम्पन भएको छ । सडक हस्तान्तरण नहुँदै सडकमा खाल्टा खुल्टी देखिन थालेपछि यहाँका स्थानीय समेत चिन्तित छन् ।

जीतपुर देखि रंगपुर सम्म १५ किलो मिटरको जनता सडक निर्माण भएपछि यस भेगका स्थानीयहरु समेत खुसि थिए । तर, अहिले एकातिर सडकको गुणस्तरहिन काम अर्काे तिर सडक अन्तर्गत पर्ने ५ वटा पुल निर्माण नहुँदा जनताको सास्ती यथावतै छ । यो सडकमा पुल नहुँदा सडक निर्माणको खासै औचित्य पुरा भएको छैन् । पुल नबन्दा वर्षयाममा अहिलेपनि उतरी भेगको अधिकांश गाउँको सडक संगको सम्पर्क सहज हुन सकेको छैन ।

जनता सडक निर्माणका वेला यहाँका पुल निर्माणको डिजाइनपनि भएको थियो । तर, विश्व बैंकले निर्माणको स्वकृती नदिएकोले पुल विना नै सडक निर्माण गरिएको परामर्शदाता प्रकाश अधिकारीले बताए ।

यसरी पप्पु कन्स्ट्रक्सनको वदमासीका कारण पर्साका जनता मात्र हैन, सरकार समेत हैरानीमा छ । यस्ता कम्पनीलाई अगामी दिनमा कुनै पनि ठेक्का नदिन मात्र, हैन, गलत काम गर्ने कुनै पनि ठेकेदारलाई काम दिन नहुने स्थानीयले सरकारसंग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);