ललितपुर महानगरलाई कला नगरी घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ललितपुर महानगरलाई कला नगरी घोषणा

काठमाडौं, २८ मंसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले शुक्रबार ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो ।

कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला परिषदले एक महिना अघि ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । सोही विषयको औंपचारिक जानकारी शुक्रबार गराइएको हो ।

कला र कलाकारहरु रहेकाले विश्व कला परिषदले ललितपुरलाई पनि कला नगरीको रुपमा घोषणा गरेको महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्राचीन कला र संस्कृतिले भरिपूर्ण भएकाले ललितपुर नगरीको महत्व विश्वमा बढ्दै गएको उललेख गरे ।

संस्कृतिविद् जोशीले ललितपुर नगरीलाई अझै सम्पन्न बनाउन यहाँको कला, संस्कृतिको विकासमा अझै जोड दिनुपर्ने आवश्यक्ता औल्याए । ललितपुरको पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचिको रुपमा विश्वमाझ परिचित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);