नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न उपराष्ट्रपति पुनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न उपराष्ट्रपति पुनको आग्रह

Nanda-Bahadur-Pun

काठमाडौं, २६ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आग्रह गरेका छन् ।

बुधवार काठमाण्डौमा आयोजित कला र संस्कृतिसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको उल्लेख गरे । उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तराष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरेका छन् ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा नेपालको विभिन्न भाषा, कला र संस्कृति झल्कने खालका प्रस्तुति समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);