कार्यान्वयनमा आउन नसक्दा सबैका लागि शिक्षा भन्ने सरकारी नारा अन्योलमा: शिक्षाविद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कार्यान्वयनमा आउन नसक्दा सबैका लागि शिक्षा भन्ने सरकारी नारा अन्योलमा: शिक्षाविद्

education

काठमाडौं, २६ मंसिर । शिक्षाविद्हरुले शिक्षा ऐन पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्दा सबैका लागि शिक्षा भन्ने सरकारी नारा अन्योलमा परेको बताएका छन् ।

बुधबार काठमाडौंमा भएको शिक्षा अधिकारका लागि राष्ट्रिय नागरिक सम्मेलनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले नेपालको शैक्षिक समस्याका बारेमा सरकारलाई पटक–पटक प्रतिवदेन बुझाए पनि त्यो कार्यन्वयन नभएको बताए ।

त्यस्तै, कार्यक्रममा अन्य वक्ताहरुले शिक्षा पद्धती परम्परागत भएकाले पनि गुणस्तरीय शिक्षा ओझेलमा परेको धारणा राखेका थिए । दुई दिन सम्म चल्ने सम्मेलनले शैक्षिक रणनीति तय गर्ने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);