दलहरुले प्रतिवद्धता अनुरुप काम गरे शिक्षा क्षेत्र उस्कन सक्छः प्रकृति अधिकारी (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

दलहरुले प्रतिवद्धता अनुरुप काम गरे शिक्षा क्षेत्र उस्कन सक्छः प्रकृति अधिकारी (भिडियोअन्तर्वार्ता)

काठमाडौं, २३ मंसिर । शिक्षा पत्रकार संजालका अध्यक्ष प्रकृति अधिकारीले शिक्षा क्षेत्रले अब पाउने सरकारलाई चाँसोको रुपमा हेरेको बताएका छन् ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘शिक्षा सरोकार’ मा बोल्दै उनले तीनै तहका आवधिक निर्वाचन सम्पन्न भएसँगै अबको सरकार कस्तो र कसको नेतृत्वमा बन्छ भन्नेमा सबैको चासोको विषय बनेको बताएका हुन् ।

साथै, उनले मुलुकमा खस्कदो शैक्षिक क्षेत्रलाई उकास्न भन्दै चुनाव अघि विभिन्न राजनीतिक दलहरुले घोषणापत्रमा गरेका प्रतिवद्धता अनुरुप अघि बढ्न सके मात्र शिक्षा क्षेत्रमा केही परिवर्तन आउन सक्ने बताएका छन् ।

तर, विगतमा जस्तै राजनीतिक दलहरुले यसपटक पनि घोषणापत्र जारी गर्ने तर कार्यन्वयनमा भने वेवास्ता गर्ने हुनकी भन्ने शंका उब्जिएको बताए । कार्यक्रममा बोल्दै अधिकारीले विद्यार्थीहरुको बढदो विदेश अध्ययन मोहलाई कमी गराउन तत्काल सम्भावना नरहेको बताए ।

साथै, अब गठन हुने सरकारले शिक्षा क्षेत्रलाई कसरी अगाडी बढाउला भन्ने बारे सबैको चासोको विषय बनेको उल्लेख गरे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);