मान्छेले बिगारेको माटो (भिडियो रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मान्छेले बिगारेको माटो (भिडियो रिपोर्ट)

प्रतिमा धरेल \ माउण्टेन टेलिभिजन एचडी। कालिदासले भनेका छन्, ‘मान्छे खराब हुन सक्छ तर माटो खराब हुन सक्दैन ।’ मान्छेले माटो पनि खराब बनाउँदै लगेका छन् । उर्वराशक्ति कमजोर बनाइएको छ। खेतीका क्रममा विषादीको जथाभावी प्रयोग व्याप्त छ, माटोको परिक्षण गराउने चलन कृषकहरुमा छैन ।

कृषीप्रधान देश नेपालमा माटोको गुणस्तरमा ह्रास आउनुले अर्थतन्त्र र जनजीवनमा नकारात्मक असरहरु परिरहेका छन् । मलको अभावमा उत्पादन घट्ने समस्या किसानले झेल्दै आएको छन् । योभन्दा ठूलो चुनौती बनेको छ माटोको घट्दो गुणस्तर। पछिल्लो समय देशभरको माटो परीक्षणको औसत तथ्याङ्कबाट विरुवाको लागि आवश्यक पर्ने नाईट्रोजन, पोटासियम र फस्फोरस घटेको र माटोको उर्बराशक्तिमा झण्डै ५० प्रतिशतले ह्रास आएको देखिन्छ।

देशको सबैभन्दा उर्वर र अन्न भण्डार मानिने तराईको माटोमा सबैभन्दा समस्या देखिन थालेको छ । त्यहाँ तीन देखि पाँच प्रतिशत हुनु पर्ने प्राङ्गारिक पद्धार्थ झण्डै एक प्रतिशत मात्रै पाइने गरेको तथ्याङ्क छ। उत्पादकत्व बढाउन रसायनिक मल र अन्य बाह्य तत्वहरुको प्रयोग गरिन्छ । यस्ता पदार्थको अत्याधिक प्रयोगले माटोको स्वास्थ्य थप बिग्रने र माटो कडा हुँदै जाँदा कुनै समयमा गएर उत्पादकत्वमा कमी आई खाद्य संकट उत्पन्न हुन सक्ने विज्ञहरुनै बताउँछन् ।

यस्तोमा माटोको गुणस्तर वृद्धिका लागि कामहरु भईरहेको तर कार्यानोयन हुन भने नसकिरहेको कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेल बताउनुहुन्छ।

उत्पादकत्व वृद्धि गर्न माटो स्वस्थहुन आवश्यक छ र यसका लागि माटोको परिक्षण हुन जरुरी हुन्छ । नेपालमा माटो परिक्षणका लागि सरकारी ल्याबहरुको कमी रहेको डा. पौडेल स्वीकार्नु हुन्छ । अधिकांश कृषकलाई यसको आवश्यकता बारे नै थाहा नभएको र थाहा भएपनि महङ्गो हुने गरेको गुनासो गर्छन् ।

माटो प्रदूषण विश्वभर खाद्य सुरक्षा र दिगोपनाको चुनौती बनेको छ । माटोको पहिले एक युनिट खानाबाट पाउने पोषण अहिले आठ युनिटमा पनि नपाईने विभिन्न अध्यनहरुले देखाएका छन् । माटोको गुणस्तर घट्दा खाद्य वस्तुमा पनि पोषणको कमी आउने गर्छ । त्यसैले जीवनका लागि माटो स्वस्थ हुन आवश्यक छ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);