स्मार्ट शहरी प्रतिस्पर्धा कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

स्मार्ट शहरी प्रतिस्पर्धा कार्यक्रम सुरु

ktm mahanagarpalika

काठमाडौं, २६ मंसिर । काठमाडौं महानगरपालिकाले सिप भएका उद्यमीलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले स्मार्ट शहरी प्रतिस्पर्धा कार्यक्रम सुरु गरेको छ । नविनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीहरुलाई स्देशमै उद्धमशीलता प्रबर्द्धन गर्न सक्ने गरी सामुहिक अवसर श्रृजना गर्ने उद्देश्यले स्मार्ट सहरी प्रतिस्पर्धा कार्यक्रम २०७५ आयोजना गरिएको हो ।

बुधबार काठमाडौं महानगरपालिले पत्रकार सम्मेलन गरी नविनतम प्रविधि, ज्ञान, सीप र क्षमताका माध्यमबाट महानगरलाई परिवर्तन गर्न अग्रसर भएको जनाएको छ । काठमाडौं महानगरपालिले प्रदान गर्ने सेवा सुविधाहरुको प्रभावकारीताको अभिवृद्धी गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए ।

प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार, महानगरीय सामुहिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापनका विषयहरु समेटिएको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बताए ।

पहिलो चरणमा कम्तिमा १ सय ओटा नविन सोच भएका युवाहरुका समुहरुलाई छनौट गरी विज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिईने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको दावी छ ।

छनौट भएका १ सय प्रतिस्पर्धीहरु मध्येबाट ४ विषयका २४ समुहलाई फाईनलको लागि छनौट गरी अर्को विशिष्ट चरणको तालिम प्रदान गर्ने लक्ष्य रहेको महानगरको भनाई छ । तालिम सकिएपछि उत्कृष्ट भएका प्रतिस्पर्धीहरुलाई १ लाख देखि ५ लाख रुपैयाँसम्मको पुरस्कारको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);