जेष्ठ नागरिकलाई कम्बल वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जेष्ठ नागरिकलाई कम्बल वितरण

डडेल्धुरा, २६ मंसिर । चिसो बढ्दै गएपछि डडेल्धुरा स्थित भागेश्वर गाउँपालिकाले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । गाउँपालिकामा रहेका ७० वर्ष भन्दा माथी उमेरका सम्पूर्ण जेष्ठ नागरिकलाई कम्वल वितरण गर्न लागेको हो।

जाडो छल्नका लागि सहज होस् भन्ने उद्देस्यले कम्वल वितरण गरिएको गाउँपालिका अध्यक्ष कौशीला भटट्ले बताए । उनले गाउँपालिकाका ५ वटै वडामा रहेका करिव ६ सय जेष्ठ नागरिकलाई वडामै गई कम्वल वितरण गरिने कार्यक्रम रहेको जानकारी दिए । कम्बल पाएपछि जेष्ठ नागरिकहरुले खुसि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);