राखेपको कर्भड हलमा ब्याडमिन्टन खेलको अभ्यास शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राखेपको कर्भड हलमा ब्याडमिन्टन खेलको अभ्यास शुरु

काठमाडौं, ११ असोज । त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा आइतबारदेखि ब्याडमिन्टन खेलको अभ्यास शुरु भएको छ । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । .

कोरोना भाइरसकका कारण ठप्प भएको नेपालको खेलकुद अझै चलायमान हुन नसकिरहेको बेला आइतबारदेखि व्याडमिन्टनका अभ्यास शुरु भएको हो । गत साताबाट सरकारले निषेधाज्ञा हटाएपछि अन्य क्षेत्र जस्तै खेलकुद पनि फर्किने तयारीमा छ । ब्याडमिन्टनका केही खेलाडी आइतबार कभर्डहलमा पुगेर अभ्यास थालेका हुन् ।

थला परेको खेलकुदको गतिविधि सुचारु हुनु अहिलेको आवश्यकता हो । खेलाडीलाई मैदानमा फर्काउन राष्ट्रिय खेलकुद परिषद राखेपले तोकेका मापदण्ड पालना गर्न सबै खेलाडी तयार छन् । आइतबारबाट अभ्यासमा फकिर्न संघले जानकारी गराएर अनुमति पाए पनि वातावारण भने खेलाडी मैत्रि नहुनु विडम्बना हो ।

दुई घन्टा लामो सरसफाई पछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन कोर्टमा खेलाडीलाई सामान्य अभ्यास गराए । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताए । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।

नेपालमा खेलकुदका पूर्वाधार न्यून र सिमित छन् । एउटै स्थलमा धेरै प्रतियोगिता गर्न हामी विवस छौं । तर भएका सिमित पूर्वाधारलाई पनि सही तरिकाले संरक्षण गर्न नसक्नु आलोचनाको विषय हो । राष्ट्रका लागि खेल्ने खेलाडीलाई उचित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);