चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ?

sandeep lamichane-ipl

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए ।

‘शून्य समर्थन ? चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ,’ सन्दीपले लेखेका छन् । नेपाली क्रिकेट टिम हाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाको तयारीका लागि क्यानडा भ्रमणमा छ ।नेपालले क्यानडा तीन एकदिवसीय खेल खेल्नेछ  । जसमध्ये दुई नेपालले क्यानडाको राष्ट्रिय टिमसँग र एक त्यहाँको स्थानीय क्लबसँग खेल्ने तय भएको थियो । नेपालले शनिबार क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको थियो । नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्र जोडेको थियो । उनले त्यो ट्विट नेपालले खेल जितिसकेपछि पोस्ट गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);