कीर्तिपुर मैदानमा आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कीर्तिपुर मैदानमा आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन

काठमाडौं, ३ चैत्र । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उहाँहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने बताउनुभएको हो ।

उहाँले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नपनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले खेल्नुभएको यो खेलमा तपाईहरु सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीहरुलाई सरकारको तर्फबट तीन तीन
लाख दिने घोषणा गर्दछु । कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ । सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ । देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौँ ।’

प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);