एन्फाले थ्री नेसन्स कपको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एन्फाले थ्री नेसन्स कपको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा

काठमाडाैं, १७ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपअन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीहरुलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १-१ लाख पुरस्कार दिने घोषणा गरेको हो ।

एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका थिए ।

बंगलादेश कामहबुबुर रहमानले एक गोल फर्काएका थिए । थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।उपाधिसँगै नेपालले ५ हजार अमेरिकीडलर प्राप्त गरेको थियो । उप विजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);