विश्वकप क्रिकेट लिग २ः स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप क्रिकेट लिग २ः स्कटल्यान्डविरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं, २२ मंसिर । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नामिबिया त्रिकोणीय सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको छ ।

नामिबियाको विन्डहोकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले अहिलेसम्म तीन विकेट गुमाइसकेको छ ।

६ ओभरमा १६ रन बनाउदा नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको थियो । यो समाचार तयार पार्दासम्म नेपालले १७ ओभरमा ६७ रन बनाएको छ । दिपेन्द्रसिंह ऐरीले १४ रन मात्र बनाउन सके ।

ज्ञानेन्द्र मल्ल ९ रनमा पबिलियन फर्किदा आसिफ शेखले एक रन बनाएर आउट भए । यस्तै अर्जुन साउद शून्यरनमै मैदान छाड्न बाध्य भए । जारी खेलमा अहिले कप्तान रोहित पौडेल क्रिजमा छन् । उनले अहिलेसम्म ३१ रन बनाएका छन् । आरिफ सेखले १२ बल खेल्दै ५ रन बनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);