विश्वकप क्रिकेट लिग टूः नेपालको लगातार तेस्रो जित, नामिबिया तीन विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विश्वकप क्रिकेट लिग टूः नेपालको लगातार तेस्रो जित, नामिबिया तीन विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई ३ विकेटले हराएको छ ।

किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफि ब्याटिङमा उत्रिएको नेपालले ४७.३ ओभरमा ७ विकेटको नोक्शानीमा लक्ष्य पुरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो । नामिबीयाका जान ग्रिनले ६३ बलमा ७५ , पीकीं या फ्रान्सले ४९ तथा लोहार्ड लौरेन्सले ४१ रन बनाए ।

शुक्रबार पनि नेपालले स्कटल्याण्डविरुद्ध २ सय ७५ रनको विजयी लक्ष्य पुरा गरेको थियो । आज नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । लिग टुमा ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);