स्कटल्याण्डका खेलाडीले होइन् ‘ह्यान्डसेक’ गर्न सन्दीपले नचाहेका हुन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्कटल्याण्डका खेलाडीले होइन् ‘ह्यान्डसेक’ गर्न सन्दीपले नचाहेका हुन्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आज स्कटल्याण्डविरुद्धको खेलमा तीन विकेट लिए ।

दश ओभर बलिङ गर्दा सन्दीपले मात्र २७ रन दिए । सन्दीपको आजको प्रदर्शन शानदार थियो । नेपालले स्कटल्याण्डमाथि ३ विकेटको जित निकाल्यो । तर, आज उनको खेलको भन्दापनि खेलपछिको एक प्रसंग चर्चामा छ ।

खेल सकिएपछि दुई देशका खेलाडीहरु एकआपसमा हात मिलाउने खेलको संस्कार नै हो । यो अन्तर्राष्ट्रिय प्रचलन नै हो । आजको खेलमा पनि स्कटल्याण्ड र नेपालका खेलाडीहरुले हात मिलाए । तर, सन्दीपले भने स्कटल्याण्डका कुनैपनि खेलाडीसँग हात मिलाएनन् । स्कटल्याण्डका खेलाडीहरुले हात मिलाउन हात अगाडी बढाएपनि सन्दीपले वेवास्ता गरेका थिए । तर, आज बिभिन्न सञ्चारमाध्यमहरुमा स्कटल्याण्डका खेलाडीहरुले सन्दीपसँग हात मिलाउन अस्विकार गरेको भन्ने समाचारहरु चर्चामा रहेका छन् ।

सन्दीपमाथि नाबालिग बलात्कारको आरोपको मुद्दा अदालतमा विचाराधिन छ । यस कारण स्कटल्याण्डका खेलाडीहरु सन्दीपसँग हात मिलाउन अस्विाकार गरेको भन्ने आशयका समाचारहरु बाहिरिएका छन् ।
टेलिभिजनमा खेल हेरिरहेका दर्शक उक्त दृश्य देखेर अलमलमा परे । सन्दीपले किन यसो गरे ? यसबारे सन्दीपले अझै मुख खोलेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);