सन्दीपले लिए मुस्ताफाको विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सन्दीपले लिए मुस्ताफाको विकेट

काठमाडौ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पाँचौ सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले पाँचौं विकेट लिएका हुन् । यूएईका रोहन मुस्ताफाको विकेट लिएका हुन् । अघिल्लो हप्ता यूएईमा भएको खेलमा रोहन र सन्दीपबीच मैदानमा भनाभन भएको थियो । तर, रोहनलाई नेपाली क्रिकेट समर्थकहरुले म्यासेज मार्फत गाली गर्न थालेपछि सन्दीपले रोहनसँग मिलेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै गाली नगर्न आग्रह गरेका थिए ।

रोहन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलबीच आजको खेलमा पनि भनाभन परेको थियो । यसबाट आक्रोशीत भएका नेपाली समर्थक रोहनको विकेट सन्दीपले लिएपछि चर्को हुटिङ गरेका थिए ।

यूएईले ब्याटिङमा खराब सुरुवात गरेको छ । १७औं ओभरको खेल जारी रहँदा यूएईले ४६ रन जोड्दै ६ विकेट गुमाइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);