यूएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, सन्दीपले लिए तिन विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

यूएईले नेपाललाई दियो २ सय ८ रनको लक्ष्य, सन्दीपले लिए तिन विकेट

काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईले नेपाललाई २ सय ८ रनको चुनौती दिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय ७ रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै ३ विकेट लिए । १० ओभर बलिङ गरेका लामिछानेले २७ रन मात्र दिए । साथै, अरिफ सेख, कुशल मल्ल र करण केसीले समान एक/एक विकेट लिए ।

यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो भने युएई पपुवान्युगिनीसँग ठूलो रन रेटले पराजित भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);