प्रधानमन्त्री कार्कीद्वारा विश्वकप उपविजेता नेपाली टोली सम्मानित | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्रधानमन्त्री कार्कीद्वारा विश्वकप उपविजेता नेपाली टोली सम्मानित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उनले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन्।

नेपाली खेलकुदकै लागि ऐतिहासिक उपलब्धि र गौरवको विषय भन्दै उनले नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीलाई अझै उत्तरोत्तर प्रगतिको कामना पनि गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलंकामा भएको प्रतियोगितामा दोस्रो भएको थियो।

उनीहरूले साधनस्रोतले सम्पन्न मुलुकका टोलीलाई पनि जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्न सक्ने बताए ।

Leave a Reply