उपमेयर कप फुटवल : शम्भुनाथ नगरपालिका १९-० गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपमेयर कप फुटवल : शम्भुनाथ नगरपालिका १९-० गोलले पराजित

upamayor cup

काठमाडौं, १ असार । राजधानीमा जारी उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा बाँसगढी नगरपालिकाले शम्भुनाथ नगरपालिकालाई १९ गोल अन्तरले पराजित गरेको छ । आइतबार भएको खेलमा बाँसगढीले शम्भुनाथलाई १९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा बाँसगढीलाई जित दिलाउन डिफेन्डर पुजा राना मगर एक्लैले १० गोल गरिन् । सुरक्षा सुखरिया र लक्ष्मी चन्दले ह्याट्रिक गरे भने अन्जना राना मगरले २ गोल गरिन । अर्को एक गोल नानुमाया क्षेत्रीको गरेकी थिइन ।

जितपछि समूह ’ए’ मा रहेको बाँसगढीले २ खेलबाट ४ अंक जोडेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको आयोजनामा जारी प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ। सहभागी १८ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

लिग कप नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);