विश्वकप क्रिकेट : आज चिपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकप क्रिकेट : आज चिपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै

india vs pakistan

एजेन्सी, १ असार । विश्वकप क्रिकेटमा आज आइतबार चिपरिचित प्रतिद्वन्दीहरू पाकिस्तान र भारत भिड्दैछन् ।  विश्वकपमा दुबै टोलीको यो सातौं भेट हो। आज दुबै टोलीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएको भारत पाकिस्तानलाई सोही लयमा पराजित गर्ने लक्ष्यमा रहेको छ । पाकिस्तान पनि भारतलाई हराउने उद्येश्यमा रहेको छ । दुबै देशको राजनैतिक तुषका असर उनीहरूको खेलमा देखिदैं आएको छ ।

विश्वकप र एसिया स्तरको खेलमा बाहेक दुबै टोलीले केहि वर्षयता एकअर्कासँग खेलेका छैनन्। त्यसैले दुबै टोलीले एकअर्का विरूद्धको खेललाई विशेष गम्भिरताका साथ लिने गरेका छन ।

जारी विश्वकपमा ३ खेल खेलेको भारतले दुईमा जित हासिल गरेको छ भने वर्षाका कारण खेल प्रभावित भएका कारण एक खेलमा अंक बाँडेको छ। यस्तै आयोजक इङ्ल्याण्डलाई हराएर आफू पनि कम नभएको जनाइसकेको पाकिस्तानले ४ खेल खेलिसक्दा २ मा हार तथा एकमा अंक बाँडेको छ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);