आईसीसी टि–२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आईसीसी टि–२० विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

nepal vs thailand

काठमाडौं, २६ असोज । मलेसियामा जारी आईसीसी टि–२० विश्वकप छनोट अन्तर्गत एसियाली समूह ‘बी’को अन्तिम खेलमा आज नेपालले सिंगापुरसँग खेल्दैछ । समूहका पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा चिरपरिचत प्रतिद्वन्द्वी सिंगापुरसँग खेल्न लागेको हो ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यो खेल दुबै टोलीका लागि फाईनलसरह बनेको छ । दुबै टोलीले यसअघिका सबै ५ खेल जितेकाले आजको विजेताले उपाधि उचाल्नेछ । अन्तिम खेलअघि नेपाल र सिंगापुर दुबै टोलीको समान १० अंक छ । नेट रनरेटमा भने नेपाल अगाडि छ ।

मलेसियामा जारी प्रतियोगिताबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोटमा स्थान बनाउँदा अर्को एक टोलीको तय हुन बाँकी छ । यहाँबाट छानिने ३ टोलीले एसियाली छनोटको दोस्रो चरणमा अर्को समूहबाट आउने टोलीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । त्यहाँबाट छानिने टोलीहरुले विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।

१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);