ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ गोलरहित बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग : हिमालयन शेर्पा र एपिएफ गोलरहित बराबरी

apf-himalayan sherpa

काठमाडौं, २६ असोज । सहिद स्मारक ’ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र नेपाल एपिएफ क्लबले बराबरी खेल्दै अंक बाढेका छन । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

हिमालयन शेर्पाबाट कर्ण लिम्बु मैदान उत्रिएका थिए । राष्ट्रिय लिग झापाबाट खेलेका कर्ण अन्तिम समयमा हिमालयन शेर्पामा आवद्ध भएका थिए ।

लिगअन्तर्गत आजै मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड व्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलपछि लिग तिहारपछि सम्मका लागि स्थगित हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);