इंग्लिश प्रिमियर लिगमा वेष्ट ब्रोमको जित | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

इंग्लिश प्रिमियर लिगमा वेष्ट ब्रोमको जित

एजेन्सी, ३१ चैत । इंग्लिश प्रिमियर लिगमा वेष्ट ब्रोमले जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमले साउथह्याम्पटनलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

वेष्ट ब्रोमका लागि ३२ औँ मिनेटमा पाएको पेनाल्टीमा कोस्टा परेइरा, ३५ औँ मिनेटमा फिलिप्स र ६९ औँ मिनेटमा रोबिन्सनले गोल गरे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा साउथह्याम्पटनका वार्ड–प्रोवसेले गोल गर्न सकेनन् ।

तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको वेष्ट ब्रोमको जितपछि ३१ खेलबाट २४ अंक भएको छ । रेलिगेशन जोनबाट माथि रहेको न्यूक्यासलको ३१ खेलबाट ३२ अंक छ ।साउथह्याम्पटन ३६ अंकसहित १४ औँ स्थानमा छ । सोमबार राति नै भएको अर्को खेलमा ब्राइटन र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

ताजा समाचार

test123123

६ घन्टा अघि

test123123

६ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१० घन्टा अघि