सरकार अंक गणितमा बलियो, वास्तविकतामा कमजोर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकार अंक गणितमा बलियो, वास्तविकतामा कमजोर

pm kp oli

काठमाडौं, २९ असार । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिना पूरा भएको छ । तर, जनताले महसुस गर्ने गरी काम नभएको भन्दै संसदमा आलोचना भइरहेको छ । प्रतिपक्षमा रहेको कांग्रेसले सरकार जनताका काम गर्नेभन्दा दम्भ देखाउन केन्द्रित भएको आरोप लगाइरहेको छ । विश्लेषकहरुले पनि सरकारको कार्यशैलीप्रति प्रश्न गर्न थालेका छन् ।

गत फागुन तीन गते राष्ट्रपतिबाट नियुक्त भएर त्यही दिन सपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठन भएको पाँच महिना भयो । आगामी साउन तीन गते छैटौं महिना प्रवेश गर्ने उनको कार्यकालमा धेरै काम थालनी भएर पनि परिणाम नदिएका कारण नागरिकमा निराशा पैदा भएको छ ।

बजेटसँगै बढेको महंगी नियन्त्रणमा पहल गर्नुको साटो ‘मेरो पालामा ९० रुपैयाँ तोला सुन र पचास पैसा मानो घ्यु थियो’ भन्दै संसदमा जवाफ दिएको, सडकमा देखिएको अव्यवस्था अन्त्य गर्ने भन्दा ‘मैल खाल्डा पारेका हुँ र ?’ भन्दै प्रतिप्रश्न गरेको लगायतका कारण नागरिकमा निराशा देखिएको हो । विश्लेषकहरुले यसलाई अंक गणितमा बलियो देखिए पनि वास्तविकतामा सरकार कमजोर भएको प्रमाणका रुपमा बुझेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुइतिहाई बहुमतको सरकारलाई जनता तर्साउन जरुरी नभएको भन्दै काम गर्नुपर्ने सरकार व्यक्तिसँग लडेर नागरिक तर्साउने अभियानमा लागेको टिप्पणी गरिरहेको छ । उसले अधिनायक सरकारसँग नागरिक डराउने तर लोकतान्त्रिक सरकार नागरिकसँग डराउनुपर्ने भएपनि अहिले अनौठो शैली देखिएको टिप्पणी गरिरहेको छ ।

सत्तारुढ नेकपाले सरकारले नियमित काम गर्दासमेत प्रतिपक्ष डराएको तथा त्यसँग सम्बन्धितहरु सरकारका विषयमा अनावश्यक टिव्पणीमा लागेको भन्दै त्यसले सरकारलाई कुनै असर नगर्ने बताइरहेको छ । उसले सरकारलाई काम गर्न नदिने बाधाहरु हटाएर केहीसमयभित्रै सरकार परिणाम निकाल्न लाग्ने बताइरहेको छ ।

सुन तस्करको जालो तोड्न प्रयास थालेको, गलत काम गर्ने निर्माण व्यवसायीमाथि कारबाही थालेको, बैदेशिक रोजगारीमा ठगी गर्ने व्यवसायी विरुद्ध कडा नीति लिएको, उखु किशानको भुक्तानी नदिने उद्योगीविरुद्ध कडा नीति लिएको लगायतका कारण सरकार लोकप्रिय बन्ने अपेक्षा लिइएको थियो । तर, ती कदमबाट परिणाम दिनुको साटो त्यसै छोडीदिँदा नागरिकमा निराशा बढेको हो । आफूलाई सहि स्थापित गर्न र नागरिकको विश्वास जित्न सरकारले नयाँ मुद्धाको खोजीभन्दा थालेका कामबाट परिणाम दिनु अर्थपूर्ण हुने विश्लेषकहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);