विधायन व्यवस्थापन समितिद्वारा मस्यौदा कार्यविधि माथि छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

विधायन व्यवस्थापन समितिद्वारा मस्यौदा कार्यविधि माथि छलफल सुरु

काठमाडौं, २४ साउन । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मस्यौदा कार्यविधिमाथि छलफल सुरु भएको छ । समितिको बिहीबार बसेको बैठकमा सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल सुरु भएको हो ।

कार्यविधिको मस्यौदामाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले ऐन कार्यान्वयनका लागि आवश्यक सुझाव सरकारलाई दिने गरी कार्यविधिमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । समितिका सदस्य बद्रीप्रसाद पाण्डेले समितिको कार्यविधि बनाउन कार्य दलनै गठन गर्नुपर्ने आवश्यकता औंल्याए ।

समितिको अर्को बैठक शुक्रबार अपरान्ह १ बजे बोलाइएको छ । शुक्रबारको बैठकमा कार्यविधिलाई अन्तिम रुप दिने एजेन्डा तय गरिएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);