नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय

पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालय रहने

काठमाडौं, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो प्रधान कार्यालय तत्कालीन एमालेको मुख्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय कार्यालय धुम्बाराहीमा र पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले पार्टीलाई अझ व्यवस्थित बनाउनका लागि विनियम, निर्देशिका, आचारसहिंता निर्माणका लागि सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र वेदुराम भुसाल रहेको कार्यदल बनाइएको छ ।

त्यस्तै नेकपाले संघीय र प्रदेश सरकार तथा संसदको कार्यकारी पद लिएकालाई पार्टीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने भएको छ । सचिवालय बैठकले संघीय र प्रदेशका मन्त्री, संसदीय दलका नेता, उपनेता, प्रमुख सेचतक, सचेतक, संसदीय समितिका सभापति, नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई कार्यकारी पद पार्टीको अध्यक्ष र सचिव नदिने निर्णय गरेको हो ।

त्यसैगरी प्रदेशस्तर र जिल्लास्तर सांगठनिक एकीकरणको लागि सुझाव दिन गठन गरिएको कार्यदलको समय साउन मसान्तरसम्म बढाउने निर्णय गरिएको छ । यसैगरी बैठकले भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णयसमेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);