कम्युनिष्ट सरकारले कामै गर्न नसकेको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कम्युनिष्ट सरकारले कामै गर्न नसकेको पौडेलको आरोप

ramchandra paudel

काठमाडौं, २४ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकारले कामै नगरेको आरोप लगाएका छन् ।

उनले आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न गरेका छन् ।

बिहीबार २४ औं विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको बताए ।

मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको पौडेलको आरोप छ । काँग्रेस नेता पौडेलले आफ्नो पार्टी द्वन्द्व मेटिने गरी सबै जातजातिहरुको पहिचान स्थापित गराउने पक्ष दृढतापूर्वक उभिरहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकतावद्ध भएर अघि बढ्न आह्वान गरे । आदिवासी, जनजाति, मधेशी लगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नु परेको उनको तर्क थियो ।

नेता महतोले जनतालाई अधिकार सम्पन्न बनाउन शोषित पीडित समुदायले अधिकार प्राप्तीको आन्दोलनलाई अघि बढाउन बलियो एकतामा जोड दिनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);