नेकपाले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरेको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरेको पौडेलको आरोप

ramchandra paudel

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिव जनताको जीवनमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ताकब्जा गर्ने षडयन्त्र गरिरहेको दावी गरे । काँग्रेस नेता पौडेलले सरकारलाई जथाभावी चल्न नदिन पार्टी भित्रको एकता बलियो हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);