विधायन व्यवस्थापन समितिको पहिलो बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

विधायन व्यवस्थापन समितिको पहिलो बैठक

sadan

काठमाडौं, २२ साउन । संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको पहिलो बैठक मंगलबार बसेको छ ।

समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीको अध्यक्षमा बसेको बैठकमा सदस्यहरुबीच समितिको कार्यसूचिका विषयमा सामान्य छलफल गरिएको छ ।

बैठकमा बोल्दै समितिका जेष्ठ सदस्य शिवाकोटीले समितिको काम, कर्तव्य र अधिकारका विषयमा समितिका सदस्यहरुलाई जानकारी गराएका थिए ।

समितिको कार्य क्षेत्र भित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन, अनुसन्धान सम्बन्धि विषय रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);