नेविसंघ भित्रको आन्तरिक विवाद चुलिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेविसंघ भित्रको आन्तरिक विवाद चुलिँदै

nabisang

कविता कार्की

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ भित्रको आन्तरिक विवाद चुलिँदै गएको छ । बाह्रौं महाधिवेशनको समय नजिकिँदै गर्दा हुने नहुने कुराको अन्यौल बढेको छ । अधिवेशन साउन २३ गते हुने भनिएको छ ।

नेपाल विद्यार्थी संघको विधान अनुसार एघारौं महाधिवेशन सम्पन्न भएको २ वर्ष भित्रमा महाधिवेशन गर्न नसके नेतृत्वले थप ३ महिना समय दिने र त्यो समयमा पनि हुन नसके स्वतः विघटन हुने प्रावधान छ ।

नेपाली कांग्रेसको नेतृत्वको अस्वभाविक गुटबन्दीका कारण नेपाल विद्यार्थी संघ कमजोर भएको र अब पनि नेतृत्वले पहल नगर्ने हो भने संगठनको औचित्य नै समाप्त हुन सक्ने आशंका बढेको सरोकारवालाहरुले जनाएका छन् ।

नेपाल विद्यार्थी संघले २ वर्षको समय अवधिमा कुनै पनि जिल्ला र क्याम्पसहरुमा अधिवेशन गर्न सकेको छैन । केन्द्रीय समितिको बैठक समेत राख्न नसकेको अवस्थामा अब थप ३ महिनाको समय थपे पनि १२ औं महाधिवेशन हुन सक्ने प्रष्ट आधार बनेको छैन ।

नेपाल विद्यार्थी संघ भित्रका धेरै गुट उपगुट र विवादका कारण १२ औं महाधिवेशन तोकिएको समयमा हुन नसके पनि अब थप ३ महिना भित्र आवश्यक गृहकार्य गरेर सम्पन्न गर्न सकिने नेपाल विद्यार्थी संघका महामन्त्री सरोज कुमार थापाको भनाई छ ।

नेपाल विद्यार्थी संघ भित्रका गुट उपगुटका कारणले गर्दा अहिले नेपाल विद्यार्थी संगठन भित्र विवाद देखिएको र त्यसको प्रत्यक्ष असर १२ औं महाधिवेशमा परेको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले बताएका छन् ।

१२ औं महाधिवेशन तोकिएको मिति नजिकिँदै गर्दा अहिलेसम्म केही तयारी नगरेको नेपाल विद्यार्थी संघ गुट उपगुटबाट निस्केर अधिवेशनको दिशामा अघि बढ्नुको कुनै विकल्प छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);