आज २७ औं विश्व आदिवासी दिवस मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज २७ औं विश्व आदिवासी दिवस मनाइदैं

काठमाडाैं । आज २७ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दै मनाउन लागेका हुन् । यस वर्ष कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन भन्ने नारा तय गरेको छ ।

यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको जनाउनु भएको छ ।

नेपाल र नेपालबाहिर बस्ने सम्पूर्ण नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उहाँले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);