जनजातीको सिपलाई सरकारले संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

 जनजातीको सिपलाई सरकारले संरक्षण गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताको साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।
आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले २०७० सालको चुनावमा आफूहरु पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान भन्ने मुल नारा लिएर निर्वाचनमा गएको भएपनि आदिवासी जनजातिकै साथ नपाएको गुनासो गर्नुभयो ।

उहाँले यो दोष आदिवासी जनजातिको नभइ पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम भएको दाबी गर्नुभयो ।

पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आदिवासी जनजातिको श्रम र सीपलाई संरक्षण र प्रवद्र्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने लक्ष्य सरकारको रहेको बताउनुभयो । ०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);