चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्व राजालाई नेकपा एसका अध्यक्ष नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्व राजालाई नेकपा एसका अध्यक्ष नेपालको सुझाव

काठमाडौं, २० माघ ||
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष नेपालले मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै नेतृत्व गर्न सुझाव दिनुभयो । राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको अध्यक्ष नेपालले बताउनुभयो । देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको उहाँको भनाइ छ । अध्यक्ष नेपालले राजतन्त्रले लुम्बिनी विकास कोष, पशुपति विकास कोषमा लुट मच्चाएको र जनकपुरमा पनि बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाउनु भयो । अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको भन्दै समस्या समाधानका लागि छलफल जरुरी रहेको बताउनुभयो । अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);