काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने बताउनुभएको छ ।
विश्व आदिवासी जनजाति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले दोस्रो संविधानसभामा आफूहरुको शक्ति कमजोर भएका कारण पहिचानका आधारमा प्रदेश बनाउन नसकेको उल्लेख गर्नुभयो । अहिलेको घटनाक्रमले नयाँ चेतना पैदा भएकाले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ भन्ने आफूलाई विश्वास लागेको उहाँको भनाइ थियो ।
आफूले दोस्रो पटक प्रधानमन्त्री भएका बेला मधेशी र आदिवासी जनजातिको अधिकार लिपिवद्ध गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको तर त्यतिबेलाको ठूलो दलका कारण पारित हुन नसकेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।




