सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

सडकमा खनिएको नालामा डुबेर बालिकाको मृत्यु

death child

झापा, २८ असार । झापाको चाराआली–केचना सडकखण्डमा खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा डुबेर भद्रपुर नगरपालिका १ की रेविका तामाङको मृत्यु भएको हो ।

बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेर खबर गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । नालामा डुबेर बेहोस भएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।