चार बालिकाको शवसहित रौतहटको गरुडामा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साउन २२ , काठमाण्डौँ । रौतहटको गरुडावासीले सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालिकाको ज्यान जानुमा डिभिजन सडक कार्यालय चन्द्रनिगहापुर र निर्माण व्यवसायी दोषी रहेको भन्दै प्रदर्शन गरेका छन् ।

गरुडावासीले आइतबार बालिकाको शवसहित प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले सडकमा धाराप थाप्ने ठेकेदार र ठेकेदारको लापर्वाहीमा आँखा चिम्लिने सडक कार्यालयका कर्मचारीलाई कारवाहीको माग गरेका छन् । प्रदर्शनकारीले मृतक बालिकाका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।

 

गरुडा नगरपालिकाको सडक पेटीमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर शनिवार चार बालिकाको मृत्यु भएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);