पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको मृत्यु

रौतहट, ४ साउन । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । रौतहटको देवाही गोनाही नगरपालिकामा रहेको बाँधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो ।

देवाही गोनाही नगरपालिका वाड न. ५ को लालबकैया नदीको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुताकुमारी र पिन्की कुमारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नविन कार्कीले जानकारी दिनु भयो ।

दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

यस्तै पुनिता देवी पटेलकी चार वर्षे बालक बाग्मती नदीमा वेपत्ता भएका छन् । सर्लाही ११ बलराकी पुनिता छोराको उपचारका लागि रौतहट आउँदै थिइन् । नदीमा छेउको ढिस्कोमा चिप्लिएर लड्दा उनले बोकेको चार वर्षीय छोरा अंकुश हातबाट उछिट्टएिर नदीमा खसेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);