धनगढीमा अटोरिक्सा चलाउने महिलाको संख्यामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

२२ साउन, काठमाण्डौँ । धनगढी बजारमा अटोरिक्सा चलाउने महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ । चलाउन सजिलो र घरखर्च सजिलै धान्न सकिने भएकाले पनि अटोप्रतिको महिलाको आकर्षण बढ्दै गएको हो ।

 

धनगढीका अटो चालक महिलाले अटो चलाउन थालेपछि श्रीमान् र घरका अन्य सदस्यसँग सामान्य कामका लागि पैसा माग्नुपरेको छैन । बरु, परिवारका सदस्य र श्रीमानलाई समेत परेको बेलामा आर्थिक सहयोग सक्षम भएका छन् ।

 

धनगढीको चर्को घाममा अटो चलाउन त्यति सहज छैन तर रोजगारीको विकल्पका रुपमा अटो चालक बन्न पाउँदा पनि महिलाहरु सन्तुष्ट छन् । अटोबाट अन्य खर्च कटाएर दैनिक एक हजार बचत भइरहेको उनीहरु बताउँछन् । अटो चलाइरहँदा घर–परिवारका सदस्य पनि सन्तुष्ट भएको देख्दा आफूहरुलाई थप हौसला मिल्ने गरेको उनीहरुको भनाइ छ ।

 

ज्याला–मजदुरी गर्नुभन्दा यो पेसा सजिलो र मर्यादित भएको अटो चालक महिलाहरु बताउँछन् । कैलालीको धनगढीमा अटो भित्रिएको तीन वर्षमात्र हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);